१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ को नामकरणः नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव



अ+ अ-

विराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् ।

एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावमा एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूको समर्थन रहेको छ ।

यसैबीच, नेपाली कांग्रेस र नेकपा (एमाले)ले कोसी प्रदेश नाम पेश गर्ने सहमति गरेसँगै नेकपा (माओवादी केन्द्र)ले पनि उक्त प्रस्तावमा मतदान गर्ने निर्णय गरेको छ ।