• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता ★   पार्टी विभाजनसम्बन्धी चलेको हल्लामा सत्यता छैन – एकीकृत समाजवादी ★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष

बागलुङमा दुर्घटना न्यूनीकरण भएन , चौध दुर्घटनामा छ को मृत्यु



symbolic picture

ढोरपाटन । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने १३ गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाइ गर्नुका साथै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएपनि दुर्घटना न्यूनीकरण भएको छैन ।

जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार विस्तार भइरहेका ठाउँमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काले बताउनुभयो । उहाँले ग्रामीण सडक साँघुरो, धेरै कच्ची हरेको र त्यस्ता सडकमा तीव्रगतिमा यातायातका साधान चलाउदा दुर्घटना हुने गरेको बताउनुभयो ।

जिल्लाका अधिकांश बस्तीमा सडक पुगेका छन् । ती सडकमा चालकले मादकपर्दाथ सेवन गरेर गाडी चलाउने गर्दा दुर्घटना बढ्ने गरेको उहाँ भनाइ छ । उहाँ भन्नुहुन्छ “ दुर्घटना न्यूनीकरणका लागि गाउँ–गाउँसम्म पुगेर चालक, सहचालक र यात्रुलाई सचेत गराउनुपर्ने देखिन्छ, त्यो हामीहरुले गरी राखेका छौँ ।”

जिल्लामा गाडीले क्षमताभन्दा बढी बोक्ने हुँदा दुर्घटनाको जोखिम बढिरहेको बताउनुभयो । उहाँले आठ महिनाको अवधिमा ट्राफिक नियमको अवज्ञा गर्ने सात हजार आठ सय सवारी साधानलाई कारबाही गरेर ५२ लाख ५० हजार ५०० रुपैयाँ राजश्वसमेत सङ्कलन गरेको बताउँनुहुन्छ । कारबाही गरे मात्रै दुर्घटना नरोकिने उहाँको भनाइ छ ।

गत साउनदेखि हालसम्म सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रिपर कारबाहीमा परेका छन् । यस अवधिमा दुई हजार नौ सय ४९ मोटरसाइकल र आठ सय दुई वटा टिपर कारबाहीमा परेका छन् । ट्राफिक बागलुङको तथ्याङ्क हेर्दा मोटरसाइकलबाट १९ लाख ५७ हजार रुपैयाँ र ट्रिपरबाट पाँच लाख ४६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

तथ्याङ्क हेर्दा आठ सय ७० बस, दुई हजार तीन जीप, एक हजार एक सय ४३ ट्याक्टर र ३३ वटा अन्य सवारीसाधान कारबाहीमा परेका छन् । हालसम्म ट्राफिक नियमको उल्लङ्घन गर्ने ट्याक्टरबाट सात लाख ८५ हजार, जीपबाट १३ लाख ५७ हजार पाँच सय, बसबाट पाँच लाख ८४ हजार ५०० रुपैयाँ र अन्य सवारी साधानबाट २० हजार सङ्कलन भएको छ । रासस