६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

द हन्ड्रेडको डाफ्टमा सन्दीप र अर्जुन



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद द हन्ड्रेडको डाफ्टमा परेका छन् ।

इंग्ल्यान्ड क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेडको ड्राफ्ट लिस्टमा नेपालबाट सन्दीप र अर्जुन मात्र अटाएका हुन् ।

ड्राफ्टमा कुल ३ सय ६८ खेलाडीको नाम रहेको छ । अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले सर्वाधिक १ लाख २५ हजार पाउन्ड स्टर्लिङ मूल्य राखेका छन् । त्यस्तै, पाकिस्तानका क्रिकेटर बाबर आजम र शाहिन शाह अफ्रिदीले एक लाख पाउन्ड स्टर्लिङ मूल्य तोकेका छन् । सन्दीप र अर्जुन साउदले भने आफ्नो मूल्य तोकेका छैनन् ।

पहिलो संस्करणमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो । तर, भिसा समस्याका कारण द हन्ड्रेड गुमाएका थिए । दोस्रो संस्करणमा भने सन्दीपलाई अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएका थिएनन्।