२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

एक सूचना जारी गर्दै संघीय संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित भएको बताएका छन् ।

आज अपराह्न १ बजे बस्ने भनिएको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाउने सम्भावित कार्यसूची थियो। यस्तै, सम्पत्ति शुद्धीकरण संशोधन विधेयक र संवैधानिक परिषद् संशोधन विधेयकमाथि छलफल हुने पनि बताईएको थियो ।