६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई जाँदै सन्दीप, आईसीसीको अनुमति भने आउन बाँकी



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवागरेसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन यूएई पठाउन लागेको हो । यद्यपी, आईसीसीले भने खेलको लागि सन्दीपलाई अनुमति दिईसकेको छैन ।

यूएईमा जारी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी रहेको छ । विदेश यात्रामा अदालतले गराएको प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार विदेश भ्रमण फुकुवागरेसँगै उनलाई यूएई जाने बाटो खुलेको हो ।

सन्दीपलाई आज यूएई पठाउन लागिएको क्यानका म्यानेजर विनोद दासले बताए । उनले भने,‘आईसीसीसँग कुराकानी भइरहेको छ । आज सन्दीपलाई यूएइ पठाउने चाहिँ निश्चित हो । उनको भिसा पनि आइसकेको छ ।’

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले सन्दीपलाई प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको दासले बताए। टिम म्यानेजर र प्रशिक्षकले कुन खेलाडीलाई प्रतिस्थापन गर्ने भनेर तय गर्छन् ।

आईसीसीको प्रावधान अनुसार श्रृंखलाको बीचमा कुनैपनि खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीपलाई क्यानले रिजर्भ खेलाडीमा राखेको छ ।