२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएई जाँदै सन्दीप, आईसीसीको अनुमति भने आउन बाँकी



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवागरेसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन यूएई पठाउन लागेको हो । यद्यपी, आईसीसीले भने खेलको लागि सन्दीपलाई अनुमति दिईसकेको छैन ।

यूएईमा जारी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी रहेको छ । विदेश यात्रामा अदालतले गराएको प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार विदेश भ्रमण फुकुवागरेसँगै उनलाई यूएई जाने बाटो खुलेको हो ।

सन्दीपलाई आज यूएई पठाउन लागिएको क्यानका म्यानेजर विनोद दासले बताए । उनले भने,‘आईसीसीसँग कुराकानी भइरहेको छ । आज सन्दीपलाई यूएइ पठाउने चाहिँ निश्चित हो । उनको भिसा पनि आइसकेको छ ।’

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले सन्दीपलाई प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको दासले बताए। टिम म्यानेजर र प्रशिक्षकले कुन खेलाडीलाई प्रतिस्थापन गर्ने भनेर तय गर्छन् ।

आईसीसीको प्रावधान अनुसार श्रृंखलाको बीचमा कुनैपनि खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीपलाई क्यानले रिजर्भ खेलाडीमा राखेको छ ।