• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा



एजेन्सी । म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३–० गोलले पराजित गर्दै सिटीले अन्तिम ८ मा स्थान बनाएको हो ।

सिटीलाई जित दिलाउन फिल फोडेनले दुई तथा केभिन डी ब्रुएनाले एक गोल गरे । खेलको सातौं मिनेटमा नै फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफ अन्तर्गत ७४ औं मिनेटमा फोडेनले दोस्रो गोल गर्दा सिटी २–० ले अघि बढ्यो । यस्तै ८१ औं मिनेटमा डि ब्रुएनाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए ।