२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार



अ+ अ-

एजेन्सी । भारतको अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनावको मतगणना जारी छ । सिक्किममा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले फेरि बहुमत प्राप्त गरेको छ ।

पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङको सिक्किम डेमोक्रेटिक फन्ट (एसडीएफ) राज्यबाट बढारिएको छ । पूर्वमुख्यमन्त्री चाम्लिङसमेत चुनावमा दुई क्षेत्रबाट पराजित भएका छन् । वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) ले रेनोक र सोरेङचाकुङ दुवै क्षेत्रबाट चुनाव जितेका छन् ।

अर्कोतर्फ अरुणाचल प्रदेशमा भाजपाले फेरि सरकार बनाउने देखिएको छ । भाजपाले यहाँ १० सिट निर्विरोध जितेको छ । अरुणाचल र सिक्किम विधानसभाका लागि १९ अप्रिलमा एउटै चरणमा मतदान भएको थियो । दुवै प्रदेशमा कांग्रेसको खाता खुल्न सकेको छैन ।

२०१९ को आम चुनावपछि एसकेएमले भाजपासँग गठबन्धन गरेको थियो तर यसपटक चुनावअघि भाजपाले सिक्किममा एक्लै चुनाव लड्ने घोषणा गरेर गठबन्धन तोड्यो ।

अरुणाचल विधानसभामा ६० सिट र सिक्किममा ३२ सिट छन् । २०१९ मा भाजपाले अरुणाचलमा ४२ सिट जितेर सरकार बनायो । यता, सिक्किममा एसकेएम ३२ मध्ये १७ सिटको साथ सरकारमा सत्तामा छ ।