२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छक्का पञ्जा ४ मार्फत १४ बर्ष पछि अभिनय यात्रामा सुशील



अ+ अ-

काठमाडौं । दिपक दीपाको बहु प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ यही फाल्गुण १९ गते शुक्रबार देखि नेपालको १२५ भन्दा धेरै स्क्रिन लगायत अमेरिका, यूरोप, अस्ट्रेलिया र मध्य पूर्वीय देशमा समेत प्रदर्शनमा आउने भएको छ ।

छक्का पञ्जाको यस अघिका सम्पूर्ण फिल्म सफल भएकोले निर्माण पक्ष छ्क्का पञ्जा ४ पनि दर्शकले रुचाउने र फिल्मलाई सफल बनाउनेमा ढुक्क देखिन्छ ।
दिपकराज गिरी, दीपा श्री निरौला, केदार घिमिरे, नीर शाह, बेनिषा हमाल, निर्मल शर्मा, बुद्धि तामाङ्ग, रमेश बुढाथोकी आदि कलाकारको प्रमुख भूमिका रहेको चलचित्र छक्का पञ्जा ४ को दुई गीत ‘दर्शन सलाम’ र ‘सिरुपाते जुङ्गैमा ‘हाल चर्चाको शिखरमा छन् ।

सामाजिक संजालमा यी दुई गीतमा छ्यापछ्याप्ती भिडियो बनाइएको देखिनुबाट पनि ती गीतको लोकप्रियताको साथै छक्का पञ्जा ४ को ट्रेलर रिलिज भएदेखी नै यूट्यूबको ट्रेन्डिङ्ग १ मा रहेको तथ्यबाट पनि छक्का पञ्जाको यो नयाँ सिरिज छक्का पञ्जा ४ प्रति दर्शकको निक्कै आकर्षण र व्यग्र प्रतीक्षा रहेको स्पष्ट हुन्छ ।

छक्का पञ्जा ४ बाट पुराना संचारकर्मी, चलचित्र लेखक र कलाकार सुशील देवकोटाले पनि एक प्रमुख भूमिकामा फेरि कम ब्याक गर्दैछन् । छ्क्का पञ्जा ४ ले पहिलाको छक्का पञ्जाको जस्तै व्यवसायिक सफलता प्राप्त गर्ला कि नगर्ला त्यो चाहिँ शुक्रबार फिल्म प्रदर्शन पछि नै थाहा हुनेछ ।

 




भर्खरै