• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह ★   मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा ★   सप्तकोशी ब्यारेजका ४५ ढोका खोलिए, महाकालीको शारदा ब्यारेजमा सवारी चलाउन रोक ★   कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा ★   जलमग्न भयो देश (फोटो फिचर) ★   टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा ★   स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा ★   बाढीको बहाव बस्तीमा पसेपछि ओलीलाई बालेनको पत्र : भोटको राजनीति कहिलेसम्म ? ★   भारतको मेघालयमा ४ जना नेपालीको हत्या ★   सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

प्रधानमन्त्री कप महिला क्रिकेट: इतिहास रच्ने चेलीहरुलाई एसपीएको सम्मान



धनगढी। गतमाघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमको टोलीले जित्दै इतिहास रचेको थियो । सुदूरपश्चिमको महिला टोलीले राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको यो नै पहिलोपल्ट थियो ।

यो त्यही पल थियो, जहाँबाट महिला क्रिकेटमा विभागीय टोली एपीएफ र प्रदेश १ को उपाधि यात्रामा ब्रेक लागेको थियो । त्यसअघिका सम्पूर्ण महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु एपीएफमा पोल्टामा जान्थे । एकाध प्रतियोगिता प्रदेश १ को पक्षमा थिए । हुन् पनि किन नाई यी दुबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरु जो भरिएका थिए ।

यस प्रतियोगितामा भने यी दुबै टोलीलाई पन्छ्याउँदै सानदार प्रदर्शन गरेको थियो, सुदूरको टोलीले र त्यसका नायक थिए, कविता कुँवर र मनिषा चौधरी ।

कविताले एसपीएफविरुद्धको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई उपाधि दिलाएकी थिइन् ।

कविताले उपाधिमात्रै जितिनन् । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर पनि चुनिएकी थिइन । त्यसबाहेक भविष्य स्टार खेलाडीको उपमा पाउँदै उनले स्कुटर पनि जितिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट बलरको उपाधि सुदूरपश्चिमकै मनिषा चौधरीले जितिन् । मध्य गतिकी बलर उनले गण्डकीविरुद्ध ४, बागमती, सेमिफाइनलमा मधेश र फाइनलमा प्रदेशएकविरुद्ध २–२ विकेट लिदै सुदूरलाई उपाधि दिलाएकी थिइन ।

यी दुबै खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट र रुवि पोदार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा अध्ययनरत छन् । कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उहाँहरुलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेको छ । सबैलाई कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए ।

यी मध्ये कविता कुँवर राष्ट्रिय टोलीकी महत्वपूर्ण अलराउण्डर हुन भने बाँकी सबै खेलाडीले उमेर समूहमा देशको जर्सी लगाइसकिन् । महिला खेलाडीहरुलाई थप प्रोत्साहन मिलोस भन्ने उदेश्यले सम्मान गरिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए । ‘हाम्रा कलेजमा अध्ययनरत चेलीहरुले आफ्नो भूमीको पहिचानका लागि गरेको कार्यले हामीलाई गौरम्वाम्वित बनाएको छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘एसपीएले खेल र खेलाडीलाई सदैव उच्च सम्मान गर्दै आएको छ । यसपल्ट चेलीहरुलाई प्रोत्साहित गर्न पाउँदा हामी अन्त्यन्तै गौरवाम्वित छौं ।’

सम्मान ग्रहणपछि कविता कुँवरले आफूले पढिरहेको कलेजबाट सम्मानित हुँदा गौरव महसुस भएको बताईन । ‘कलेजले हामीलाई सदैव साथ दिदैँ आएको छ । हरेक टुर्नामेन्ट अघि आर्थिक तथा भौतिक सहयोग पनि गरेको छ,’ कविताले भनिन्, ‘यसपल्ट रजत जयन्तीको विशेष समारोहमा हामीलाई सम्मान गर्दा एकदमै गौरवाम्वित भएका छौं । सम्पूर्ण खेलाडीका तर्फबाट क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दछौं ।’

एसपीएले सधै परेको बेला सहयोग गरेकाले आफ्नो रोजाईमा यही कलेज परेको कविता बताउँछिन् । ‘एसपीएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानो तिनो कुरामा सहयोग गरेको छ,’ कविता भन्छिन्, ‘हामीलाई अवसर, खेल सामाग्री, अप्ठारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै छात्रवृत्ति समेत उपलब्ध गराएर हामीलाई अध्ययनअघि बढाउन सहयोग पुर्याएको छ ।’

उनीहरुसँगै एसपीएले मलेसियामा दुईवर्षअघि सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।

एसपीएमा ८ जनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अध्ययनरत छन् । उनीहरुलाई कलेजले छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।

एसपीएले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँने श्रेय एसपीएकै प्रवन्ध निर्देशक सुवास शाहीलाई जान्छ । शाहीकै अग्रसरतामा एसपीए कप, डीपीएल जस्ता फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको सुरुवात भएको थियो ।