• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

आठ दलीय गठबन्धनले फागुन १९ मा बोलायो प्रदेशसभा सदस्यहरुको भेला



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले यही फागुन १९ गते प्रदेशसभा सदस्यहरुको भेला बोलाएको छ ।

कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यहरुको भेला बोलाएका हुन् ।

सोमबार बसेको आठ दलीय गठबन्धनले बनाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको जनमत पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य अब्दुल खाँले जानकारी दिनुभयो ।