• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

एमडीएसी स्पोर्ट्सले किन्यो शीर्ष तीन लिगको मार्केटिङ र टिकेटिङ अधिकार



काठमाडौं । सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिले गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङ अधिकारको टेन्डर एमडीएससीले पाएको बताएको हो ।

एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट भ्याट बाहेक १ करोड ९७ लाखमा एमडीएससीले शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो ।

एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहिद स्मारक ‘ए’डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुदैछ । डबल राउन्ड रोबिनको आधारमा हुने लिग दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।