२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई हराउँदै सातदोबाटो केपी ओली कपको फाइनलमा



अ+ अ-

काठमाडौँ । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो सेमिफाइनलमा सडन डेथमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै सातदोबाटो उपाधिनजिक पुगेको हो ।

सोमबार भएको दोस्रो हाफ पनि गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

सातदोबाटोका गोलरक्षक अविशेक बराल खेलको प्लेयर अफ दि म्याच भए ।

आइतबार भएको पहिलो सेमिफाइनल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफ जारी रहँदा असिना पानी परेपछि दोस्रो हाफको केही मिनेटपछि खेल स्थगित भएर आजलाई सारिएको थियो ।

सातदोबाटोले अब उपाधिका लागि मछिन्द्र फुटबल क्लब र आयोजक केपी ओली फुटबल क्लबको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आजै दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्नेछ ।

यस्तै, प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।