• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग ★   मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा ★   ‘एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ ★   प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस् ★   द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ ★   विश्वकप फाइनलमा भारतको जितको कामना गर्दै गंगा आरति ★   ‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’ ★   मन्त्रालयद्वारा औषधि उद्योगको अध्ययन गर्न समिति गठन

सर्वसम्मत राष्ट्रपति चयन भए राम्रो हुन्छ– प्रधानमन्त्री



फाईल फोटो

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्न सकिए राम्रो हुने बताउनुभएको छ ।

गोरखाको बारपाकमा आइतबार भएको कार्यक्रममा उहाँले चुनावमा एउटा तरिकाले गए पनि आफू भिन्न तरिकाले प्रधानमन्त्री बनेको भन्दै हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भएको बताउनुभयो ।

माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको उल्लेख गर्दै उहाँले नेकपा ९एमाले० सँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुनसके राम्रो हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले एमालेसँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।

उहाँले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म राष्ट्रपतिमा सर्वसम्मत हुने अवस्था सिर्जना हुन सके त्यो राम्रो हुने बताउनुभयो । ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बन्नुभएको छ भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार हुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्ड दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोट पुग्नुभएको हो ।