२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बाबुरामको अल्टिमेटमः बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण भदौभित्रै गठन गरियोस्



तस्बिरः प्रदीपराज वन्त
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले बूढीगण्डकी जलाशययुक्त आयोजनाको प्रभावित क्षेत्रको विकासका लागि बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तत्काल गठन गर्न माग गरेका छन् ।

आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भट्टराईले तीन बुँदे मागसहित बूढीगण्डकी कोरिडोर बहुउद्देश्यीय आयोजनाबारे ज्ञापनपत्र बुझाएका हुन् ।

भट्टराईले बुझाएको पत्रमा भनिएको छ – ‘अहिलेको विद्युत प्राधिकरणअन्तर्गत सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बूढीगण्डकी कोरिडोर विकास प्राधिकरण तुरुन्त गठन गरियोस् ।,’

यस्तै, अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बूढीगण्डकी कोरिडोर विकासका कामहरू तीव्रताका साथ अघि बढाउन उनको दोस्रो माग छ ।

साथै, भट्टराईले तेस्रो मागको रुपमा आयोजना प्रभावितका जायज मागलाई तत्काल सम्बोधन गरन पनि भनेका छन् ।