२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जोगाउन अहिले मुलुकलाई हिडाईरहेको मार्गचित्र परिबर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘देशले अहिलेको ब्यबस्था र प्रणाली धान्न सक्दैन यो ब्यबस्था भ्रष्टतन्त्रमा रूपान्तरित भैसकेको छ’, पार्टीमा नब प्रबेशीहरुको निमित्त आज आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै थापाले भने,’संघीयता देशले धान्दैन खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता तुरुन्तै हटाउनुपर्छ,हिन्दुराष्ट्र कायम गर्नुपर्छ।’

थापाले देशको स्वाधिनताको रक्षाको लागि राजसंस्था आबश्यक भएको समेत चर्चा गरे। बिदेशी दबाब र प्रभाब बढाउन यो राज्य प्रणालिले काम गरेको भन्दै थापाले आत्मसर्पणबादी मानसिकताले देशको हित नहुने स्पष्ट पारे ।

थापाले राप्रपा नेपाल दुरदर्शी ढङ्गले अघि बढ्ने भन्दै मुलुकको आर्थिक,सामाजिक , राजनितीक रुपान्तरण गर्न सम्बर्द्धनबाको नीति अबलम्बन गर्ने बताए । धर्म, संस्कृती,मूल्य मान्यताको रक्षाको लागि पार्टी बलियो बनाउनु पर्ने भन्दै थापाले संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरे ।