१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक जोगाउने हो भने देशलाई अहिले हिडाईएको मार्गचित्र परिबर्तन जरुरी: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक जोगाउन अहिले मुलुकलाई हिडाईरहेको मार्गचित्र परिबर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘देशले अहिलेको ब्यबस्था र प्रणाली धान्न सक्दैन यो ब्यबस्था भ्रष्टतन्त्रमा रूपान्तरित भैसकेको छ’, पार्टीमा नब प्रबेशीहरुको निमित्त आज आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै थापाले भने,’संघीयता देशले धान्दैन खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता तुरुन्तै हटाउनुपर्छ,हिन्दुराष्ट्र कायम गर्नुपर्छ।’

थापाले देशको स्वाधिनताको रक्षाको लागि राजसंस्था आबश्यक भएको समेत चर्चा गरे। बिदेशी दबाब र प्रभाब बढाउन यो राज्य प्रणालिले काम गरेको भन्दै थापाले आत्मसर्पणबादी मानसिकताले देशको हित नहुने स्पष्ट पारे ।

थापाले राप्रपा नेपाल दुरदर्शी ढङ्गले अघि बढ्ने भन्दै मुलुकको आर्थिक,सामाजिक , राजनितीक रुपान्तरण गर्न सम्बर्द्धनबाको नीति अबलम्बन गर्ने बताए । धर्म, संस्कृती,मूल्य मान्यताको रक्षाको लागि पार्टी बलियो बनाउनु पर्ने भन्दै थापाले संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरे ।