१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसम्मत राष्ट्रपति चयन भए राम्रो हुन्छ– प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्न सकिए राम्रो हुने बताउनुभएको छ ।

गोरखाको बारपाकमा आइतबार भएको कार्यक्रममा उहाँले चुनावमा एउटा तरिकाले गए पनि आफू भिन्न तरिकाले प्रधानमन्त्री बनेको भन्दै हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भएको बताउनुभयो ।

माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको उल्लेख गर्दै उहाँले नेकपा ९एमाले० सँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुनसके राम्रो हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले एमालेसँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।

उहाँले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म राष्ट्रपतिमा सर्वसम्मत हुने अवस्था सिर्जना हुन सके त्यो राम्रो हुने बताउनुभयो । ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बन्नुभएको छ भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार हुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्ड दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोट पुग्नुभएको हो ।