५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसम्मत राष्ट्रपति चयन भए राम्रो हुन्छ– प्रधानमन्त्री



फाईल फोटो
अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्न सकिए राम्रो हुने बताउनुभएको छ ।

गोरखाको बारपाकमा आइतबार भएको कार्यक्रममा उहाँले चुनावमा एउटा तरिकाले गए पनि आफू भिन्न तरिकाले प्रधानमन्त्री बनेको भन्दै हिजोमात्र फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भएको बताउनुभयो ।

माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको उल्लेख गर्दै उहाँले नेकपा ९एमाले० सँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुनसके राम्रो हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले एमालेसँग पनि कुराकानी भइरहेको जानकारी दिनुभयो ।

उहाँले फागुन २५ गते हुने राष्ट्रपति चुनावसम्म राष्ट्रपतिमा सर्वसम्मत हुने अवस्था सिर्जना हुन सके त्यो राम्रो हुने बताउनुभयो । ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति उम्मेदवार बन्नुभएको छ भने एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार हुनुहुन्छ।

प्रधानमन्त्री प्रचण्ड दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोट पुग्नुभएको हो ।