• ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपका लागि सुनिल नारायणले सन्यास फिर्ता लिन्छन् ? ★   धनुषाका पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु ★   प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट ★   काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण ★   नेपालसँग हुने टी–२० खेलका लागि वेस्टइन्डिज ‘ए’ को बलियो टोली घोषणा ★   लगानी बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रश्ताव तयार ★   कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ- तस्बिरहरु ★   कतारी राजाको भ्रमणः राष्ट्रपतिबाट विमानस्थलमा स्वागत, सोल्टीमा राजकीय भोज ★   इजरायलले अर्को गल्ती गरे कठोर जवाफ दिनेछौँ: इरान ★   लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो बनाए



एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर छाडेर धनबादको कोइला खानीमा काम गर्न थाले ।

उनले घर फर्किएसँगै गाउँकै फाल्गुनी देवीसँग बिहे गरे । उनको गाउँसँगै ठूलो पहाड थियो । जसले हिँडडुल गरेर अन्य ठाउँमा जान अवरोध गरेको थियो ।

जब उनलाई खाना लिएर जाँदै गर्दा त्यस पहाडमा पत्नि लडिन् र उनको मृत्यु भयो । उनलाई यदि अस्पताल पुर्याउन सकेको भए उनको उपचार हुन्थ्यो र उनले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । तसर्थ दशरथ माझीले एक्लै आफ्नो बलले पहाडको बीचबाट बाटो निकाल्ने सङ्कल्प गरे । उनले एक्लै केबल हथौडा र गलको भरमा पहाड फोर्न सुरु गरे ।

करीब २२ वर्ष लगाएर उनी सफल बने । उनलाई काम सुरु गर्दा सबैले पागल भन्ने गर्थे । कसैले विश्वास गरेनन् की केबल एक व्यक्तिले हथौडा र गलको भरमा पहाड फुटाएर बाटो बनाउन सक्छ । उनले ३६० फुट लामो ३० फुट चौडाई र २५ फुट उचाई रहेको पहाडलाई फोरेर एक सडक निर्माण गरे । उनले पहाड फोरेर गयाको अतरी र वजीरगञ्जको ८० किलोमिटरको दूरीलाई केवल १३ किलोमिटरको दूरी बनाए ।

सन् २००७ मा उनको मृत्यु भयो । तर उनको नाम सधैँभरी रहन गयो । उक्त बाटोमा ‘माझी पथ’ भनी लेखिएको छ । उनको जीवनीमा आधारित रहेर थुप्रै डकुमेन्ट्री पनि बनेको छ । यसैगरि उनकै जिवनीमा आधारित ‘माझी द माउन्टेन म्यान’ नामक बलिउड फिल्म निर्माण भएको छ ।