• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण केबलकार र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता ★   सफा हिमाल अभियान २०२४: ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन ★   आजै विश्वासको मत लिँदै मुख्यमन्त्री यादव ★   अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते निर्णय सुनाउने ★   विराटले पछि पारे नेयमारलाई ★   फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली ★   असार १ गतेदेखि आन्दोलनमा उत्रिने क्रसर व्यवसायीहरुको चेतावनी ★   हात्तीले एक घुटुकमा कति पानी पिउँछ ? ★   डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न आयोग गठन गर्न लागिएको हो: अर्थमन्त्री… ★   मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ: कल्याण श्रेष्ठ

राजकुमार हिरानीले शाहरुखको तारिफ गर्दै भने – २ दिनको सुटिङ २ घण्टामै सकाउँछन्



एजेन्सी । फिल्म ‘पठान’को सफलतापछि अभिनेता शाहरुख खान अहिले फिल्म ‘डंकी’ र ‘जवान’को सुटिङमा व्यस्त छन् । डङ्की मार्फत शाहरुख पहिलो पटक निर्देशक राजकुमार हिरानीसँग काम गर्दैछन् ।

हालै एक भारतीय मिडियासँगको अन्तर्वार्तामा राजकुमार हिरानीले शाहरुखको काम गर्ने तरिका र उनको स्वभावको बारेमा कुरा गरेका छन् । यस क्रममा उनले आफूले शाहरुखसँग पहिले नै काम गरेको भए हुने रहेछ भन्दै उनको तारिफ गरेका छन् ।

इण्डिया टुडेलाई दिएको अन्तर्वार्तामा राजकुमारले भने, ‘शाहरुख आफ्नो घरमा हरेक दृश्यको भिडियो खिचेर मलाई पठाउँछन् । उनले प्रत्येक दृश्य लगभग १५ तरिकामा वर्णन गर्छन् । म सेटमा जानु अघि, मलाई थाहा हुन्छ उनले के गर्न गइरहेको छ ।’

हिरानी थप्छन् – ‘कहिलेकाहीँ दुई दिन सुटिङका ​​लागि छुट्याएको हुन्छु तर शाहरुखले दुई घण्टामा पूरा गर्छन् । उनको भाषामा धेरै राम्रो प्रभुत्व छ र उनको व्यक्तित्व धेरै आकर्षक छ । बिहान ७ बजे छायांकनमा आएर उनले मलाई चकित पारे ।’

शाहरुखको तारिफ गर्दै राजकुमार हिरानीले भने, ‘डंकी उच्च प्रदर्शनको फिल्म हो । यसमा धेरै मोनोलोग र लामो दृश्यहरू छन् । तर, शाहरुखले पूरै स्क्रिप्ट कण्ठ गर्दै आफ्नो दिमागमा राम्रोसँग राखे । उनीसँग काम गर्दा निकै राम्रो अनुभव भयो ।’

राजकुमार हिरानी लामो ब्रेकपछि फिल्मी दुनियाँमा फर्किएका छन् । उनको अन्तिम फिल्म सन् २०१८ मा ‘सन्जु’ थियो, जुन सञ्जय दत्तको बायोपिक थियो । डंकीमा शाहरुखका अलावा तापसी पन्नु र बोमन इरानी मुख्य भूमिकामा देखिनेछन् ।