• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

राजकुमार हिरानीले शाहरुखको तारिफ गर्दै भने – २ दिनको सुटिङ २ घण्टामै सकाउँछन्



एजेन्सी । फिल्म ‘पठान’को सफलतापछि अभिनेता शाहरुख खान अहिले फिल्म ‘डंकी’ र ‘जवान’को सुटिङमा व्यस्त छन् । डङ्की मार्फत शाहरुख पहिलो पटक निर्देशक राजकुमार हिरानीसँग काम गर्दैछन् ।

हालै एक भारतीय मिडियासँगको अन्तर्वार्तामा राजकुमार हिरानीले शाहरुखको काम गर्ने तरिका र उनको स्वभावको बारेमा कुरा गरेका छन् । यस क्रममा उनले आफूले शाहरुखसँग पहिले नै काम गरेको भए हुने रहेछ भन्दै उनको तारिफ गरेका छन् ।

इण्डिया टुडेलाई दिएको अन्तर्वार्तामा राजकुमारले भने, ‘शाहरुख आफ्नो घरमा हरेक दृश्यको भिडियो खिचेर मलाई पठाउँछन् । उनले प्रत्येक दृश्य लगभग १५ तरिकामा वर्णन गर्छन् । म सेटमा जानु अघि, मलाई थाहा हुन्छ उनले के गर्न गइरहेको छ ।’

हिरानी थप्छन् – ‘कहिलेकाहीँ दुई दिन सुटिङका ​​लागि छुट्याएको हुन्छु तर शाहरुखले दुई घण्टामा पूरा गर्छन् । उनको भाषामा धेरै राम्रो प्रभुत्व छ र उनको व्यक्तित्व धेरै आकर्षक छ । बिहान ७ बजे छायांकनमा आएर उनले मलाई चकित पारे ।’

शाहरुखको तारिफ गर्दै राजकुमार हिरानीले भने, ‘डंकी उच्च प्रदर्शनको फिल्म हो । यसमा धेरै मोनोलोग र लामो दृश्यहरू छन् । तर, शाहरुखले पूरै स्क्रिप्ट कण्ठ गर्दै आफ्नो दिमागमा राम्रोसँग राखे । उनीसँग काम गर्दा निकै राम्रो अनुभव भयो ।’

राजकुमार हिरानी लामो ब्रेकपछि फिल्मी दुनियाँमा फर्किएका छन् । उनको अन्तिम फिल्म सन् २०१८ मा ‘सन्जु’ थियो, जुन सञ्जय दत्तको बायोपिक थियो । डंकीमा शाहरुखका अलावा तापसी पन्नु र बोमन इरानी मुख्य भूमिकामा देखिनेछन् ।