२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ: कल्याण श्रेष्ठ



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाउनेहरुसँग सरकारले क्षतिपूर्ति भराउनुपर्ने बताउनुभएको छ ।

उहाँले वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्काबारे सजग र शतर्क नहुने हो भने भविष्यमा हाम्रा विकासले विपद् निम्त्याउने चेतावनी दिनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनातर्फ इंगित गर्दै उहाँले परिणाम निकाल्न नसक्नेहरुसँग वातावरण विनास गरेबापतको क्षतिपूर्ति माग्नुपर्ने दाबी गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनामा विकासको गलत अभ्यास गरिएकाले जति पैसा खन्याएपनि पानी आउन नसकेको तर्क गर्नुभयो । उहाँले आयोजनाका कारण त्यस वरपरको क्षेत्रमा विपद्जन्य घटना बढेको पनि बताउनु भयो ।

बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले गलत विकासलाई नरोक्ने हो भने विनाशका प्रवृत्ति,वातावरण प्रदुषित हुदै जाने, स्थानीय जीविकाहरु नाश हुँदै जाने र राज्यको जनशक्तिहरु देशबाट बिस्थापित भएर परदेश जानुपर्ने ठाउँमा पुगेको बताउनु भयो । उहाँले सार्वजनिक स्थलहरु सरकारीकरण भइरहेको भन्दै सरकारीकरण हुन नदिन आग्रह गर्नुभयो । उहाँले सरकारी सम्पती भन्नु र सार्वजनिक सम्पती भन्नु एउटै नभएको बताउनु भयो । उहाँले चुरेको संरक्षण नगरेकाले मधेस मरुभूमिको प्रक्रियामा गइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकासको नाममा हामीले धेरै नै जलवायु प्रतिकुल कामहरु गरिएको छ । इन्भायरोमेण्टल रङ, क्राइम गरेका छौँ । डेभलपमेण्ट रङ, क्राइम गरेका छौँ । त्यसको हिसाव लिने बेला भएको छ । इन्भायरोमेण्टल रङको बारेमा राम्रोसँग नजर राखेनौँ भने विनाशका प्रवृत्तिहरु बढिरहनेछन् । आज हाम्रा पहाडहरु रक्ताम्य छन् । विकासको नाउँमा । डोजरहरु पठाएर रक्ताम्य पारेका छौँ । त्यसको मर्मत कसले गर्ने हो थाहा छैन । यसरी हामीले वातावरण प्रदुषित गर्दै जाने, जीविकाहरु नाश हुँदै जाने र देशबाट बिस्थापित भएर परदेश जानुपर्ने ठाउँमा हामीले धकेलेका छाँै । हाम्रा पब्लिक स्पेश घटेर गएका छन् । हाम्रा धेरै सार्वजनिक स्थलहरु सरकारीकरण भएको छ । सरकारी सम्पती भन्नु र सार्वजनिक सम्पती भन्नु एउटै होइन । चुरेको संरक्षण नगरेकाले हाम्रो मधेस मरुभूमिको प्रक्रियामा जाँदैछ । हाम्रा इन्भायरोमेण्टल रङको लागत लिने बेला भयो । हिसाव लिने बेला भयो । मेलम्चीमा डेभलपिङ रङ, डेभलपिङ मिस्टेकको कारणले जति पैसा खन्याए पनि पानी नआउने भएको छ । त्यसको हिसाव लिने की नलिने । त्यसलाई कारबाही गर्ने की नगर्ने ? त्यसको निर्णयकर्तालाई ठेगान लगाउने की नलगाउने ? आजको दिनमा सम्झिनुपर्ने धेरै छ ।’

उहाँले नेपाल वातावरणीय न्यायमा अहिले जलवायु न्यायको चरणमा प्रवेश गरेको बताउनु भयो । उहाँले हिमालहरु कालो भइरहेको भन्दै सरकार प्रमुखहरुले जलवायु न्यायको सन्दर्भमा कुरा उठाउँदा हिमाली सभ्यता नष्ट भइरहेकोबारेमा कुरा उठाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका असर कम गर्न नसके यार्सागुम्बा लोप हुने बताउनु भयो ।