२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचन मुख्य एजेन्डा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आसन्न राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा छलफल गर्न बैठक बोइलाइएको बताइएको छ ।

रास्वपाले राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल वा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ कसलाई मत दिने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन । रास्वपाका अनुसार राष्ट्रपति निर्वाचनलाई लिएर दुवैतिर छलफल चलिरहेको छ र सोमबार बस्ने केन्द्रीय कमिटीको बैठकले सोबारे निर्णय लिनेछ ।

कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसक्नुभएको छ भने एमालेले पत्रै पठाएर आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ ।