• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

बागमती प्रदेशका राप्रपा मन्त्रीहरुले दिए राजीनामा



हेटौंडा । बागमती प्रदेशका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा दिएका छन् ।

शनिबार राति ८:३० बजे राप्रपाका तीनै जना मन्त्रीले हेटौंडास्थित मुख्यमन्त्री क्वार्टर पुगेर मुख्यमन्त्री शालिकराम जमकट्टेसमक्ष संयुक्तरूपमा राजीनामा पत्र बुझाएका हुन् ।

बागमती प्रदेशमा राप्रपाबाट संसदीय दलका नेता उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री थिए ।

यस्तै, शनिबार दिउँसो संघमा पनि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले शनिबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिइसकेका छन् ।