• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

मड्रिड डर्बी: दुबै टिमले अंक बाँडे



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गएराति भएको मड्रिड डर्बीमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले बनाएको थियो । ७८ औं मिनेटमा जोसे मारिया जिमेनेजले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८५ औं मिनेटमा अल्भारोले गोल गर्दै रियललाई हारबाट जोगाए । खेलको ६४ औं मिनेटमा एंगेल कोरीयाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

यो नतिजासँगै २३ खेलबाट ५२ अंकका साथ रियल तालिकाको दोस्रो स्थानमा रहँदा समान खेलबाट ४२ अंकसहित एट्लेटिको चौंथो स्थानमा छ । यस्तै, २२ खेलबाट ५९ अंकसहित बार्सिलोना शीर्षस्थानमा यथावत छ ।