• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला ★   नेविसंघद्वारा सरकारविरुद्ध सडकमै हवन गरेर बिरोध ★   सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह ★   एकीकृत समाजवादीः बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः डा सापकोटा ★   बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ ★   अर्थमन्त्री वर्षमान पुनले गरे बजेट लेखन समिति गठन ★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी

युक्रेन युद्धको एक बर्ष पूरा, युद्धबारे के भन्छन् विश्व नेताहरू ?



एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन् ।

चीनले युद्ध अन्त्यका लागि तत्काल शान्ति वार्ताको आह्वान गरेको छ । चीनले रूसलाई हतियार उपलब्ध गराउनेबारे सोचिरहेको पश्चिमा मुलुकहरूको आरोपपछि चीनले सङ्कटको ’राजनीतिक समाधान’ का लागि आह्वान गर्दै १२ बुँदे कार्यपत्र जारी गरेको हो ।

अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुन: थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने जनाएको छ ।

सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गर्दै बेइजिङले सबै पक्षलाई तनाव घटाउनेतर्फ लाग्न सुझाएको छ । सबै पक्षले रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र यथाशक्य चाँडो वार्ता पुन: सुरु गर्न सघाउनुपर्ने बताएको छ । युद्धविराममा पुग्न त्यो सहयोगी हुने विश्वास बेइजिङले व्यक्त गरेको छ ।

नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले सन् २०२२ को फेब्रुअरी २४ मा सुरू भएको आक्रमणको एक वर्षपछि युक्रेनीहरूले रुसविरुद्धको लडाइँमा ‘पक्कै पनि विजय हासिल गर्ने’ बताएका छन् ।

“स्वतन्त्रता सित्तैंमा हुँदैन । यसका लागि हामीले हरेक दिन लड्नुपर्छ,” उनले भने । “आज युक्रेनी जनता आफ्नो स्वतन्त्रताका लागि बहादुरीका साथ लडिरहेका छन् । अनि निराशा र विनाशको अँध्यारो वर्षको बावजुद तिनीहरूको दृढ संकल्प र साहस पक्कै पनि प्रबल हुनेछ ।”

यस सन्दर्भमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेयर लेयेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटा पनि लक्ष्य हासिल गर्न असफल भएको दावी गरेकी छन् ।

’युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि पुटिनले आफ्नो एउटा पनि रणनीतिक लक्ष्य हासिल गर्न असफल हुनुभएको छ । युक्रेनलाई नक्साबाट मेटाउनुको साटो युक्रेन र सहयोगी राष्ट्रबाट रूसी सेना र राष्ट्रपति पुटिनले कडा प्रतिक्रियाको सामना गरिरहेका छन्,” उनले भनिन् ।

त्यसैगरी जापानका प्रधानमन्त्री फुमियो किशिदाले जी सेभेनको भर्चुअल बैठकमा रूसलाई सैन्य सहायता नपठाउन आग्रह गर्ने बताएका छन् । उनले भने, “जी–७ ले यस्तो सहयोग बन्द गर्न आह्वान गर्न चाहेको छ ।” वार्तामा समूहले मस्कोमाथि लगाइएको नयाँ प्रतिबन्धबारे छलफल गर्ने उनले बताए ।

संयुक्त राज्य अमेरिकाले रूसको लागि आर्थिक पीडा बढाउने उद्देश्यले व्यापक प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भनेको छ, “बैंक, खानी र रक्षा उद्योगलगायत क्षेत्रलाई लक्षित गरी लगाइएको नयाँ प्रतिबन्धले युरोप, एसिया र मध्यपूर्वका रुसी र तेस्रो मुलुकका २०० भन्दा बढी व्यक्ति र संस्थालाई प्रभावित पार्नेछ ।”

बेलायतका राजा चाल्र्स तृतीयले युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले भने, “युक्रेनका जनताले आफ्नो राष्ट्रमाथि बिना उक्साहटपूर्ण आक्रमणबाट अकल्पनीय क्षति व्यहोर्नुपरेको एक वर्ष भइसकेको छ । संसार सबै अनावश्यक कष्टहरू देखेर भयभित बनेकोे छ ।” “रूसी हस्तक्षेपविरूद्ध हामी एक ढिक्का भएर उभिएका छौं,” उनले भने ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनलाई फ्रान्सको समर्थन रहेको बताएका छन् । “फ्रान्सका जनता शान्तिको ऐक्यबद्धताका लागि युक्रेनको पक्षमा उभिएका छन्, उनले भने ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबारको जी–७ बैठकमा अन्तरराष्ट्रिय समुदायलाई युक्रेनलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले जारी द्वन्द्वका बीच युक्रेनलाई जेट उपलब्ध गराउन सक्षम राष्ट्रहरूलाई बेलायतको समर्थन रहेको आशय व्यक्त गरे ।

उनले विश्व नेताहरूलाई युक्रेनमा नागरिक पूर्वाधारको रक्षा गर्न र फ्रन्ट लाइन डिफेन्सहरू जोगाउन मद्दत गर्नुपर्ने भन्दै तत्काल रुसविरुद्धको द्वन्द्वमा मद्दत गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री सुनकले यसअघि बेलायतको भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो दूरीका हतियार समर्थनको प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसैगरी पोल्याण्डका प्रधानमन्त्री मेटुज मोराविकीले रुसविरुद्ध युक्रेनको रक्षाका लागि थप सहयोगको स्पष्ट र मापन योग्य सङ्केत दिन कीभको भ्रमण गरेको पोल्याण्ड सरकारका प्रवक्ताले बताएका छन् । रूसी हस्तक्षेपविरूद्धको ऐक्यवद्धतास्वरूप पोल्याण्डले आक्रमणपछि भागेका ८० लाखमध्ये १५ लाखभन्दा बढी युक्रेनी शरणार्थीलाई आश्रय दिएको उनले बताए ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीले युरोपेली मूल्य मान्यताको रक्षाका लागि लडिरहेका युक्रेनी नागरिकप्रति स्वतन्त्र विश्व ऋणी रहेको बताएकी छन् ।

“युक्रेन एक्लो छैन र हुनेछैन, किनकि यसले स्वतन्त्रता र लोकतन्त्रको मूल्यहरूको पनि रक्षा गरिरहेको छ जसमा युरोपेली पहिचान को जन्म भएको थियो । स्वतन्त्र विश्व युक्रेनी महिला र पुरुषप्रति ऋणी छ,” उनले भनिन् ।

रूसले भने युद्धको औचित्य पुष्टि भएको र आफ्नो अभियानले सार्थकता पाएको बताएको छ । रूसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले हाल युक्रेनमा मस्कोको ‘विशेष सैन्य अभियान’ मात्र चलेको बताउँदै आवश्यक परेको खण्डमा रूस पोल्याण्डको सीमासम्म लड्न तयार रहेको बताएका छन् । उनले भने, “विजय हासिल हुनेछ ।”

मेद्भेदेभले भने, “सकेसम्म हाम्रो देशविरुद्ध खतराहरूको सीमाहरू पछाडि धकेल्न पोल्याण्डको सीमामा नै पुग्नु किन नपरोस् विशेष सैन्य अपरेसनका सबै लक्ष्यहरूमा पुग्न धेरै महत्वपूर्ण छ ।”