२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका सहित एक दर्जन राजदूतावासले जारी गरे युक्रेन पक्षमा बिज्ञप्ति



अ+ अ-

काठमाडौँ । नेपालस्थित करिब एक दर्जन राजदूतावासहरुले युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज उभिएको र भविष्यमा पनि उभिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुसद्वारा युक्रेनमाथि हमला भएको एक वर्ष भएको छ । राजदूतावासहरुले आज एक विज्ञप्ति जारी गर्दै एक वर्ष अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको भूमि, युक्रेनी जनता र युक्रेनको सार्वभौमसत्ताका विरुद्ध अनुचित युद्ध सुरु गरेको बताएका छन् । विज्ञप्तिमा त्यसयता ८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १ करोड ४० लाख जना आफ्नो घरबाट विस्थापित भएका छन् । एक स्वतन्त्र राष्ट्रमाथि रुसले गरेको र दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध बन्न पुगेको उक्त आक्रमणले विद्यालय तथा स्वास्थ्य संरचनाहरूलाई ध्वस्त पारेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपालमा अवस्थित अन्तर्राष्ट्रिय समुदायको एक अङ्गका रूपमा हामी यस गम्भीर समयमा समेत आशावादी छौँ । बाह्र महिनादेखि युक्रेनी जनताले साहसपूर्वक आफ्नो स्वतन्त्रताको रक्षा गर्दै आएका छन् र विश्व समुदाय उनीहरूका पछाडि एकजुट भएको छ । आफ्नो देशलाई ध्वस्त पार्ने रुसको प्रयत्नलाई रोकेपछि युक्रेनी जनता पहिलेभन्दा पनि गर्वित र साहसिला बनेका छन् । युक्रेन विजयी हुनेछ भन्ने कुरामा हामीलाई कुनै दुबिधा छैन । हामी युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज पनि उभिएका छौँ र भविष्यमा पनि उभिइरहने छौँ ।”

विज्ञप्ति जारी गर्ने नेपालस्थित राजदूतावासहरुमा अष्ट्रेलियाली दूतावास, बेलायती दूतावास, डेलिगेशन अफ द युरोपियन युनियन टु नेपाल, फिनल्याण्डको दूतावास, फ्रान्सेली दूतावास, जर्मन दूतावास, जापानी दूतावास, गणतन्त्र कोरियाको दूतावास, नर्वेजियन दूतावास, अमेरिकी दूतावास र युक्रेनका अवैतनिक महावाणिज्यदूत रहेका छन् ।