४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

के तपाईँ आफैँले आवाज अझै आकर्षक बनाउन सक्नुहुन्छ ? आवाजको लयबाट थाहापाउनुहोस् व्यक्तिको स्वभाव

के तपाईँ आफैँले आवाज अझै आकर्षक बनाउन सक्नुहुन्छ ? आवाजको लयबाट थाहापाउनुहोस् व्यक्तिको स्वभाव
अ+ अ-

केही व्यक्तिको आवाज अन्यको तुलनामा अधिक आकर्षक हुन्छ। लबज हामीले अन्य मानिसहरूबारे आकलन गर्ने एउटा माध्यम हो।

आकर्षक आवाजयुक्त वक्तालाई सक्षम, दयालु र विश्वासयोग्य ठानिन्छ। त्यसले बदलामा एउटा "हलो इफेक्ट" अर्थात् "प्रभामण्डल प्रभाव" उत्पन्न गर्छ, जहाँ हामी असल मान्छेहरूलाई अझ बढी आकर्षक देख्छौँ।

त्यसो भए केले केही लबजलाई आकर्षक बनाउँछ त ?

एकखाले आवाजको विशेषता हुन्छ, जसले सबैलाई काम गर्छ जस्तो देखिन्छ चाहे उनीहरू जहाँसुकैका हुन्।

"जुनसुकै संस्कृति होस्, कुनै पनि महिला जापान वा अमेरिका वा फ्रान्स वा विश्वको जुनसुकै स्थानबाट आएका हुन्, उनीहरू गहिरो आवाज भएको पुरुषलाई मन पराउँछन्," मन्टपेलियर विश्वविद्यालयकी भाषा विज्ञानकी सोधकर्ता मेलिसा बर्कत-डेफ्रादास भन्छिन्।

गहिरो आवाजयुक्त पुरुषप्रतिको यौनिक प्राथमिकताबारे एमजनदेखि तान्जानियका आदिवासी तथा अन्य पश्चिमी र गैरपश्चिमी उदाहरणहरूको विवरण लिइएको थियो।

मानिसहरू गहिरो आवाजलाई सिकारी क्षमता, करिअरमा सफलता र शक्तिसँग जोडेर हेर्छन्।

हामी गहिरो आवाज भएका राजनीतिज्ञहरूलाई अधिक गम्भीर र चुनिनसक्ने व्यक्तिका रूपमा मान्छौँ, चाहे ती जुनसुकै लिङ्गका हुन्।

मधुर आवाज भएका जागिर खोज्ने महिला वा पुरुषहरूले जागिर पाउने सम्भावना पनि बढी हुन्छ।

किशोरावस्थाका क्रममा महिला र पुरुष दुवैको स्वरमान कम हुन्छ। तर कुनै पनि पुरुषको आवाजको स्वरमान जीवनभरि कस्तो हुन्छ भन्ने सात वर्ष हुँदाका बेलाको उसको आवाजलाई आधार मानेर धेरै हदसम्म अनुमान गर्न सकिन्छ।

बालबालिकाको पूर्व(यौवनावस्थाको स्वरमान उनीहरूको पौढावस्थाको स्वरमान अनुमान गर्ने उपयुक्त आधार हो। स्वरमानको सम्बन्ध टेस्टोस्टेरोनको अवस्थासँग हुन्छ।

विकासवादी दृष्टिकोणबाट हेर्दा बलिया पुरुषहरू धेरैको यौनिक रोजाइमा पर्छन्। तर पुरुषहरूले रोज्ने महिलाबारेको कुरा अलि जटिल छ।

लामो समयसम्म पुरुषहरूले उच्च-स्वरमानयुक्त महिलाहरू मन पराउँछन् भन्ने सोचिन्थ्यो। तर गहिरो आवाज भएका महिलालाई अधिक सक्षम रूपमा हेरिन्छ।

के हामी आफ्नो स्वरमानलाई आफ्नो आवश्यकता अनुसार हेरफेर गर्न सक्छौँ ?

कुनै भेटघाटका क्रममा छन्द वा लयबद्ध अवस्थामा प्रवेश गर्दा हामी आफ्नो स्वरमानलाई उनीहरूको जस्तै बनाएर समायोजित गर्न खोज्छौँ।

मनोरञ्जन गर्ने खालका संवाद हुँदा पनि हामी हाम्रो स्वरमानलाई एकै खाले बनाउँछौँ।

लियोन विश्वविद्यालकी जैविक ध्वनीविद् कटाजिना पिसाइन्सकीका भनाइमा महिलाहरू सामान्यतया राम्रो संवादलाई प्राथमिकता दिन्छन्।
हाम्रो स्वरमानलाई कम गर्ने वा ठूलो बनाउने भन्ने कुरा हाम्रो प्रेमिल भेटघाट ९डेट० लाई कति आकर्षक बनाउने भन्ने एउटा सङ्केत हुनसक्छ।

र, यसले अन्य व्यक्तिलाई हामीप्रति अझ बढी आकर्षण गर्छ। हामी हाम्रो स्वरमानलाई अन्य व्यक्तिलाई बहकाउन प्रयोग गर्न सक्छौँ।

त्यसमा एउटा अपवाद भनेको के हो भने कहिलेकहीँ महिलाले कुनै पुरुषलाई आकर्षक देखिन् भने उनको स्वरमान यसै पनि तल झर्छ।

स्पीड डेटिङ भनिने जोडीहरू मिलाउने एउटा अवस्थामा निकै चर्चित पुरुषसँग उनीहरूको भेट हुँदा केही महिलाहरूले आफ्नो आवाजलाई निकै नरम बनाए।

उक्त अध्ययनको नेतृत्व गरेकी पिसाइन्सकी त्यस्तो प्रतिक्रियालाई ूराजनीतिज्ञहरूले आफ्ना अन्य प्रतिस्पर्धीभन्दा आफू गम्भीर देखाएको जस्तैू भनेर व्याख्या गर्छिन्।

जब हामी कुनै राम्रो संवादमा हुन्छौँ हाम्रो ध्वनी उक्त व्यक्तिको ध्वनीसँग मिसिन पुग्छ तर जब हामी कसैलाई आकर्षक पाउँछौँ हाम्रो आवाज मसिनो बन्नसक्छ।

पिसाइन्सकीका अनुसार मानिसमा असाधारण आवाजको सीमा हुने र नक्कली आवाज निकाल्नेहरूलाई सहजै पहिचान गर्न सकिने बताउँछिन्। उनले एउटा अप्रकाशित सोधलाई उल्लेख गर्दै यो जानकारी दिएकी हुन्।

सायद आफू सक्षम छु भन्ने देखाउनका लागि हुनुपर्छ अमेरिकी युवतीहरूमा "भोकल फ्राई" लोकप्रिय बनेको छ। "भोकल फ्राई" भनेको यस्तो अवस्था हो जसमा हाम्रो स्वरमान प्राकृतिक रूपको भन्दा निकै तल झर्छ र यो सुन्दा पनि खस्रो सुनिन्छ।

तर यसले सधैँ राम्रो गर्न सक्छ भन्ने उनलाई लाग्दैन। केही अध्ययनहरूले यस्तो आवाज बनाउने महिलाहरू काममा कम गम्भीर हुन्छन् भन्ने ठान्नेहरू धेरै रहेको देखाएका छन्।