२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा खेल्न जान पाउनुपर्ने निवेदनसहित सन्दीप सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले विदेश भ्रमणको प्रतिवन्ध फुकुवाको मागसहित सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

उच्च अदालतले विदेश जान रोक लगाएका कारण सन्दीप यूएई जाने टीममा परेका छैनन् । सोही प्रतिबन्ध फुकुवाका लागि सन्दीपले बिहीवार सर्वोच्चमा निवेदन दिएका हुन् । यूएई जानका लागि अनुमति माग्दै सर्वोच्चमा निवेदन दिइएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए । उनका अनुसार निदेवन भोलि पेसीमा चढ्नेछ ।

निवेदनमा विदेश भ्रमणको रोक फुकुवा गर्न, धरौटी रकम अत्यधिक भएकाले घटाउन तथा दोषी ठहर नहुँदै आफ्नो गोपनीयता उल्लंघन गरी अपराधिका रुपमा चित्रित गरिएको त्यसलाई रोक्न माग गरिएको छ ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिँदा उच्च अदालत पाटनले विदेश जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।