५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको जनाएको हो ।

कलङ्की–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर तथा सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ । यसैगरी कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।