२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले प्रतिवन्ध हटाए सन्दीप यूएई जाने



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्सीय टिम घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेलाई समाबेश गरिएको छैन । तर, सन्दीप यूएई जाने सम्भावना भने समाप्त भईसकेको छैन ।

सर्वोच्च अदालतले सन्दीपमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिए उनलाई टीममा समाबेश गरिने क्यानका म्यानेजर विनोद दासले बताए । खेलकुद परिषदबाट स्वीकृतिका लागि मात्र टीमको नाम पठाएको उनले बताए । ‘आज हामीले खेलकुद परिषदबाट स्वीकृतिका लागि १५ सदस्यको छनोट गरेर पठाएका हौं, तर यही नै अन्तिम टोली होइन’, दासले भने ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले यसअघि नै सर्वोच्चले प्रतिवन्ध हटाएको खण्डमा सन्दीपलाई टीममा समावेश गर्न सकिने प्रतिक्रिया दिएका थिए ।

सन्दीपले राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै  उच्च अदालत पाटनले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन्दीपले गरेको पुनरावेदनमा भोलिलाई पेसी तोकिएको छ । भोलिको सुनवाइमा अदालतले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान पाउछन्। नेपाली टोली शनिबार यूएई प्रस्थान गर्नेछन् ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । एकदिवसीय मान्यता कायम राख्नका निम्ति नेपालको यो भ्रमण निर्णायक रहने भएकाले सन्दीपको उपस्थिति अत्यन्तै महत्वपूर्ण छ । उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखला क्लीन स्वीप गरेको थियो । सन्दीपले मात्रै उक्त चार खेलमा १३ विकेट लिएका थिए ।

क्यानले घोषणा गरेको नेपाली टोली:

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी।सी र श्याम(मौसम) ढकाल