२३ श्रावण २०८३, शनिबार
,
Latest
वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता ‘प्राकृतिक, ऐतिहासिक र शाहसिक पर्यटनको संगम बन्दै मकवानपुरको बुढीचौर’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हेराफेरी ३’ मा अक्षय कुमारको इन्ट्री



अ+ अ-

एजेन्सी । बलिउडको चर्चित फिल्म ‘हेरा फेरी ३’ को सुटिङ सुरु भएको छ । फ्यानहरूले लामो समयदेखि फिल्मको तेस्रो भागको माग गर्दै आएका थिए । विशेष कुरा के छ भने अक्षय कुमार पनि यो फिल्मको हिस्सा बनेका छन् ।

फिल्मको सुटिङ सेटबाट अक्षय कुमार, सुनील शेट्टी र परेश रावलको तस्बिर सार्वजनिक भएको हो । यो तस्बिरमा तीनै कलाकार फिल्ममा आफ्नो क्यारेक्टरको गेटअपमा देखिएका छन् ।

केही समय पहिले अक्षय कुमारले यो फ्रेन्चाइजी छोडेको भनिएको थियो । यति मात्रै होइन, फिल्ममेकर फिरोज नाडियाडवालासँगको उनको मनमुटावको कुरा पनि बाहिर आएको थियो । यसैबीच, केही महिनाअघि अक्षयले पनि एक अन्तर्वार्तामा आफूलाई फिल्मको स्क्रिप्ट मन नपरेको भन्दै फिल्मको हिस्सा नरहेको बताएका थिए । यति हुँदाहुँदै पनि फ्यानले उनलाई ‘हेरा फेरी ३’ साइन गर्न बारम्बार आग्रह गरिरहेका थिए ।

‘हेरा फेरी ३’ मा अक्षय कुमारको स्थानमा कार्तिक आर्यन देखिने बताइएको थियो । तर, अब यो तस्बिर आएपछि यो फिल्ममा अक्षय मात्रै रहेको स्पष्ट भएको छ ।