१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिउटीमा खटिएका प्रहरी जवानले गरे कन्चटमा गोली हानी आत्महत्या



फाईल फोटो
अ+ अ-

वीरेन्द्रनगर । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । बिहीबार राती २:०० बजेतिर डिउटी सकिने बेला उनले आफैँले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका– ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षका कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्महत्या गरेको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बिक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको डिउटीमा खटिएका थिए । डिउटी सकिने बेलामा बिकले आफैँले बोकेको एसएलआरबाट दाहिने साइडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको हो ।

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटाएको छ ।

सुर्खेत प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापाले जवानले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभयो ।