• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?

इटालियन इन्टरले पोर्चुगीज पोर्टोलाई हरायो



एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा इन्टरले पोर्चुगीज क्लब एफसी पोर्टोलाई १–० गोलले पराजित गरेको हो ।

इन्टरलाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७० औं मिनेटमा रोमेलु लुकाकुले गरे । खेलको ७८ औं मिनेटमा पोर्टोका ओटाभिओले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा समेटिएको थियो ।

अब यी दुई टोलीबीचको दोस्रो लेग मार्च १५ मा पोर्टोको घरेलु मैदानमा हुनेछ ।