काठमाडौँ । ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो ।
चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूलो रकम ठगीको आरोपमा विभिन्न व्यक्तिले उनीमाथि उजुरी दिएका थिए ।
पछिल्लो समय उनको ठेक्कामा काठमाडौँस्थित पूरानो बसपार्क २९ तलाको काठमाडौँ भ्यू टावरको निर्माण कार्य जारी छ ।