• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा एसले बोलायो सचिवालय बैठक



फाईल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विकसित पछल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ ।

यसैगरी आजको बैठकमा राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल हुने बताइएको छ । अध्यक्ष नेपाललाई नेकपा (एमाले(ले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको भए पनि यस विषयमा एकीकृत समाजवादीले निर्णय भने नलिएको जनाइएको छ ।