७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन
अ+ अ-

भक्तपुर। नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ ।

भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा सदस्य रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको सहभागिता रहेको थियो ।

सो टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी लगाएर स्वागत गर्नुभयो । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा राष्ट्रिय कला सङ्ग्रहालय, दरबार क्षेत्र, तलेजु, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको अवलोकन गरेको थियो ।

जर्मन प्रोजेक्टले भक्तपुरको सम्पदा संरक्षण र सरसफाइमा सुधार गर्न विगतमा पुर्‍याएको सहयोगको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले जर्मनीलाई भक्तपुरका जनताले नबिर्सने बताउनुभयो । भक्तपुरको मौलिक कला संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले काम गर्दै आइरहेको टोलीलाई जानकारी गराउँदै उहाँले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर घुम्न आउने पर्यटकबाट उठेको पर्यटन शुल्कको रकमबाट भक्तपुरको सम्पदा संरक्षण, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा खर्च गर्दै आइरहेको जानकारी गराउनुभयो । प्रतिनिधिमण्डलका तर्फबाट जर्मन–दक्षिण एसियाली संसदीय समूहका सदस्य रेनेट कुनास्टले जर्मनी र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएको बताउँदै भक्तपुरको कला संस्कृति र मौलिकता संरक्षणबाट आफूहरू निकै प्रभावित भएको बताउनुभयो ।

नेपालको प्राकृतिक सौन्दर्यता र सांस्कृतिक वैभवता नै यहाँका विकासका आधारहरू भएको बताउँदै उहाँले भक्तपुर नपाबाट भइरहेको सम्पदा संरक्षण आफैँमा गौरवको विषय हो भन्नुभयो । जर्मन सरकारले भक्तपुरको सम्पदा पुन:निर्माणमा चासोपूर्वक सहयोग गर्दै आइरहेको बताउँदै उहाँले नेपालको परम्परागत कृषि विधिलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनु आवश्यक छ भन्नुुभयो । नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभयो ।