२१ असार २०८३, आईतवार
,
Latest
अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम हामीलाई भूराजनीतिक संघर्षले निरिह बनायोः संयोजक दाहाल कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता परिवारलाई छाक टार्न समस्या



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ बाणी मुक्त कमैया बस्तीका ४५ वर्षीय रामबहादुर चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । ह्वील चेयरको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ । घरमा उहाँ मात्रै एक्लो अपाङ्गता भएको व्यक्ति भने होइन । उहाँका श्रीमती मुलीदेवीकोसमेत बायाँ खुट्टा चल्दैन । उहाँले पनि ह्वील चेयरमै हिँडडुल गर्दै आउनुभएको छ ।

चार छोरीमध्ये  एक छोरी पनि मानसिक रोगी छिन् ।  छ जनाको परिवारमध्ये तीन जनामा अपाङ्गता छ । घरमा कमाउने कोही पनि छैन । मुक्त कमैया पुनःस्थापन गरिँदा पाएको पाँच कट्ठा जग्गा र त्यसमा बनेको कच्ची झोपडी सम्पत्तिका रुपमा रहेको छ । 

कम्मरमुनिको भाग नचल्दा पनि राम बहादुरले बाध्यताले महेन्द्रनगर बजारमा मिष्ठान भण्डारमा ह्वील चेयरमै बसेर भाँडा माँझ्र्दै आउनुभएको थियो । यसबाट उहाँले मासिक रु आठ हजार पारिश्रमिक पाउँदै आउनुहुन्थ्यो  । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा गरिएको बन्दाबन्दीमा उहाँको रोजगारी खोसिएको छ ।

तीन महीनादेखि उहाँ बेखर्ची भएर घरमै बस्दै आउनुभएको छ । अपाङ्गता भएकै कारण उहाँलाई रोजगारी पाउन मुश्किल छ । दातृ संस्थाले दिएको सहयोगमा दुई छाकको खाना जुटेको छ । अरुको सहारामा हिँडडुल गर्दै आएका उहाँलाई नगरपालिकाले निलो रङको अपाङ्ता परिचय पत्र दिएको छ ।

“रातो परिचय पत्र पाउनुपर्ने हो”, उहाँले निरास हुँदै भन्नुभयो, “खै किन हो । मलाई निलो रङको परिचयपत्र दिएको छ । श्रीमतीलाई पनि सोही परिचयपत्र दिएको छ ।” “नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताबापत पाइने थोरै रकमले घर खर्च चलाउन गाह्रो भएको दुखेसो उहाँले पोख्न भयो । नगरपालिकाबाट पाइने भत्ताको रकम समयमै नपाइँदासमेत खर्च चलाउन मुश्किल भएको उहाँको भनाइ छ ।
 
मुक्त कमैया मुक्तिको घोषणापछि मालिकका घरबाट बिदा भएका  उहाँको परिवारलाई विसं २०५९ मा पुनःस्थापन कार्यक्रमअन्तर्गत पाँच कठ्ठा जग्गा दिइएको थियो । उपलब्ध गराइएको जग्गा नदी छेउमा परेकाले बलौटे छ । जग्गामा उब्जनी हुँदैन ।

“आफ्नो भन्ने मान्छे नभएपछि कमजोर ठानेर बलौटे जग्गामा पुनःस्थापन गराइयो । बाध्यताले जग्गा स्वीकार ग¥र्यौं”,  ४२ वर्षीय मुली देवीले भन्नुभयो, “जग्गामा खेती गर्ने मान्छे पनि परिवारमा छैन । बलौटे जग्गालाई मलिलो पनि बनाउन सकेका छैनौँ । छिमेकीलाई अधिया लगाउन दिने गरेका छौँ । उब्जनी नहुने हुँदा कसैले पनि जग्गा जोत्नै मान्दैनन् ।” 

मुलि देवीको सानै छँदा ज्वरो आएपछि बायाँ खुट्टा सुक्दै गएर नचल्ने भएको हो । उहाँका श्रीमान् रामबहादुर भने छ÷सात वर्षको छँदा आमासँगै गुइँठा टिप्नका लागि वन क्षेत्रमा गएका बेला लडेर कम्मरमा चोट लागेको थियो । समयमै उपचार नपाउँदा विस्तारै कम्मरमुनिको भाग चल्न छाडेका छ । चोट लागेर ठीक भएपछि केही वर्ष उहाँ हिँडडुल गर्न सक्ने भएका थिए । 

केही समय उहाँले दोमिल्लाका जमिन्दारको घरमा कमैया बसेर काम पनि गरेका हुन् । उमेर ढल्किँदै जाँदा कम्मरमुनिको भागले काम गर्न छाडेको छ । सात वर्षयतादेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ह्वीलचेयको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ ।

छोरी विपनामा समेत मानसिक अवस्था कमजोर हुँदा चौधरी दम्पतीले घरमै दाम्लोले बाँधेर राख्ने गरेका छन् । छिमेकीको घरमा गएर बिगार गर्ने भएकाले बाँधेर राख्नुपरेको चौधरी दम्पतीको भनाइ छ ।

सहयोगी संस्था पाइए छोरीको उपचार गरी ठीक हुने आशा उहाँहरुलाई छ । अहिलेसम्म सहयोगी संस्था भने उहाँले भेटाउनुभएको छैन । घरमा मुख्य समस्याका रुपमा शौचालयको रहेको छ । पुनः स्थापनकै बेला दातृ निकायले बनाइदिएको शौचालय अपाङ्गमैत्री नहँुदा समस्या छ । सिँढीसहितको शौचालय त्यसमा प्यान सेटबाहेक छत र पर्खालसमेत नहुँदा कपडा बेरेर राख्नुपरेको छ । हावा चल्दा खुला आकाश मुनि चौधरी दम्पतीले शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ ।

ती दम्पती भन्छन्, “आयआर्जन हुने सीप सिकाइ घरमै बसेर रोजगारी हुने कार्य भए गथ्र्यौं । त्यो पनि छैन । कसैले त्यसका लागि सहयोग गर्दैनन् । गाह्रो काम गर्ने अवस्था नहुँदा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।”

काठ र माटोले झण्डै दुई दशकअघि बनाइएको कच्ची घरसमेत भत्किने अवस्थामा रहेको छ । चौधरी दम्पतीले घर मर्मतको कार्य गर्न नसके खुला आकाश मुनि बस्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । घर निर्माणका लागि दातृ निकायलाई उहाँहरुले गुहारेका छन् । “गाउँ नजिकैको सामुदायिक विद्यालयमा पढ्दै आएका तीन छोरीको पढाई खर्च धान्न नसक्ने भएपछि विद्यालयबाट छुटाउनुपर्ने अवस्था आएको छ”, रामबहादुरले भन्नुभयो, “विद्यालयबाट पुस्तक निःशुल्क पाइन्छन् । विद्याय पोशाक, झोला, अभ्यास पुस्तिकालगायत स्टेशनरी खर्च धान्न नसक्दा निकै अप्ठ्यारोमा छौँ ।” (रासस, राजेन्द्रप्रसाद पनेरु)