२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

अपाङ्गता परिवारलाई छाक टार्न समस्या

अपाङ्गता परिवारलाई छाक टार्न समस्या
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ बाणी मुक्त कमैया बस्तीका ४५ वर्षीय रामबहादुर चौधरीलाई शारीरिक अपाङ्गता छ । उहाँको कम्मरमुनिको भाग चल्दैन । ह्वील चेयरको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ । घरमा उहाँ मात्रै एक्लो अपाङ्गता भएको व्यक्ति भने होइन । उहाँका श्रीमती मुलीदेवीकोसमेत बायाँ खुट्टा चल्दैन । उहाँले पनि ह्वील चेयरमै हिँडडुल गर्दै आउनुभएको छ ।

चार छोरीमध्ये  एक छोरी पनि मानसिक रोगी छिन् ।  छ जनाको परिवारमध्ये तीन जनामा अपाङ्गता छ । घरमा कमाउने कोही पनि छैन । मुक्त कमैया पुनःस्थापन गरिँदा पाएको पाँच कट्ठा जग्गा र त्यसमा बनेको कच्ची झोपडी सम्पत्तिका रुपमा रहेको छ । 

कम्मरमुनिको भाग नचल्दा पनि राम बहादुरले बाध्यताले महेन्द्रनगर बजारमा मिष्ठान भण्डारमा ह्वील चेयरमै बसेर भाँडा माँझ्र्दै आउनुभएको थियो । यसबाट उहाँले मासिक रु आठ हजार पारिश्रमिक पाउँदै आउनुहुन्थ्यो  । कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा गरिएको बन्दाबन्दीमा उहाँको रोजगारी खोसिएको छ ।

तीन महीनादेखि उहाँ बेखर्ची भएर घरमै बस्दै आउनुभएको छ । अपाङ्गता भएकै कारण उहाँलाई रोजगारी पाउन मुश्किल छ । दातृ संस्थाले दिएको सहयोगमा दुई छाकको खाना जुटेको छ । अरुको सहारामा हिँडडुल गर्दै आएका उहाँलाई नगरपालिकाले निलो रङको अपाङ्ता परिचय पत्र दिएको छ ।

“रातो परिचय पत्र पाउनुपर्ने हो”, उहाँले निरास हुँदै भन्नुभयो, “खै किन हो । मलाई निलो रङको परिचयपत्र दिएको छ । श्रीमतीलाई पनि सोही परिचयपत्र दिएको छ ।” “नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ताबापत पाइने थोरै रकमले घर खर्च चलाउन गाह्रो भएको दुखेसो उहाँले पोख्न भयो । नगरपालिकाबाट पाइने भत्ताको रकम समयमै नपाइँदासमेत खर्च चलाउन मुश्किल भएको उहाँको भनाइ छ ।
 
मुक्त कमैया मुक्तिको घोषणापछि मालिकका घरबाट बिदा भएका  उहाँको परिवारलाई विसं २०५९ मा पुनःस्थापन कार्यक्रमअन्तर्गत पाँच कठ्ठा जग्गा दिइएको थियो । उपलब्ध गराइएको जग्गा नदी छेउमा परेकाले बलौटे छ । जग्गामा उब्जनी हुँदैन ।

“आफ्नो भन्ने मान्छे नभएपछि कमजोर ठानेर बलौटे जग्गामा पुनःस्थापन गराइयो । बाध्यताले जग्गा स्वीकार ग¥र्यौं”,  ४२ वर्षीय मुली देवीले भन्नुभयो, “जग्गामा खेती गर्ने मान्छे पनि परिवारमा छैन । बलौटे जग्गालाई मलिलो पनि बनाउन सकेका छैनौँ । छिमेकीलाई अधिया लगाउन दिने गरेका छौँ । उब्जनी नहुने हुँदा कसैले पनि जग्गा जोत्नै मान्दैनन् ।” 

मुलि देवीको सानै छँदा ज्वरो आएपछि बायाँ खुट्टा सुक्दै गएर नचल्ने भएको हो । उहाँका श्रीमान् रामबहादुर भने छ÷सात वर्षको छँदा आमासँगै गुइँठा टिप्नका लागि वन क्षेत्रमा गएका बेला लडेर कम्मरमा चोट लागेको थियो । समयमै उपचार नपाउँदा विस्तारै कम्मरमुनिको भाग चल्न छाडेका छ । चोट लागेर ठीक भएपछि केही वर्ष उहाँ हिँडडुल गर्न सक्ने भएका थिए । 

केही समय उहाँले दोमिल्लाका जमिन्दारको घरमा कमैया बसेर काम पनि गरेका हुन् । उमेर ढल्किँदै जाँदा कम्मरमुनिको भागले काम गर्न छाडेको छ । सात वर्षयतादेखि कम्मरमुनिको भाग चल्न छाडेपछि ह्वीलचेयको सहायतामा उहाँले हिँडडुल गर्दै आउनुभएको छ ।

छोरी विपनामा समेत मानसिक अवस्था कमजोर हुँदा चौधरी दम्पतीले घरमै दाम्लोले बाँधेर राख्ने गरेका छन् । छिमेकीको घरमा गएर बिगार गर्ने भएकाले बाँधेर राख्नुपरेको चौधरी दम्पतीको भनाइ छ ।

सहयोगी संस्था पाइए छोरीको उपचार गरी ठीक हुने आशा उहाँहरुलाई छ । अहिलेसम्म सहयोगी संस्था भने उहाँले भेटाउनुभएको छैन । घरमा मुख्य समस्याका रुपमा शौचालयको रहेको छ । पुनः स्थापनकै बेला दातृ निकायले बनाइदिएको शौचालय अपाङ्गमैत्री नहँुदा समस्या छ । सिँढीसहितको शौचालय त्यसमा प्यान सेटबाहेक छत र पर्खालसमेत नहुँदा कपडा बेरेर राख्नुपरेको छ । हावा चल्दा खुला आकाश मुनि चौधरी दम्पतीले शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ ।

ती दम्पती भन्छन्, “आयआर्जन हुने सीप सिकाइ घरमै बसेर रोजगारी हुने कार्य भए गथ्र्यौं । त्यो पनि छैन । कसैले त्यसका लागि सहयोग गर्दैनन् । गाह्रो काम गर्ने अवस्था नहुँदा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।”

काठ र माटोले झण्डै दुई दशकअघि बनाइएको कच्ची घरसमेत भत्किने अवस्थामा रहेको छ । चौधरी दम्पतीले घर मर्मतको कार्य गर्न नसके खुला आकाश मुनि बस्नुपर्ने अवस्था रहेको बताउनुहुन्छ । घर निर्माणका लागि दातृ निकायलाई उहाँहरुले गुहारेका छन् । “गाउँ नजिकैको सामुदायिक विद्यालयमा पढ्दै आएका तीन छोरीको पढाई खर्च धान्न नसक्ने भएपछि विद्यालयबाट छुटाउनुपर्ने अवस्था आएको छ”, रामबहादुरले भन्नुभयो, “विद्यालयबाट पुस्तक निःशुल्क पाइन्छन् । विद्याय पोशाक, झोला, अभ्यास पुस्तिकालगायत स्टेशनरी खर्च धान्न नसक्दा निकै अप्ठ्यारोमा छौँ ।” (रासस, राजेन्द्रप्रसाद पनेरु)