२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद सकिएको डेभिट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ



अ+ अ-

काठमाडौं । सिदार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिएम मेसिनबाट म्याद सकिएको डेभिट कार्डबाट पैसा निकाल्ने  २ जनालाई महानगरीय प्रहरीले पक्राउ गरेको छ । 

सोलुखुम्वु घर भएको ५७ वर्षिय जगत बहादुर गुरुङ र पर्सा घर भएकी ३० वर्षिय सावित्री गुरुङ्लाई काठमाडौं भत्केको पुलबाट प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले उनीहरु दुईबाट एलएलओआइढिएस भिभिआइएस डेभिड कार्ड लन्डन र २१ लाख बरामद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

एलएलओआइढिएस भिभिआइएस डेभिड कार्ड लन्डन (एक्सपाइर) भएको कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटिएमबाट ३४ लाख ३५ हजार निकालेको प्रवक्ता रमेश कुमार वस्नेतले बताउनु भएको छ ।

एटिएमबाट निकालेको रकम १० लाख ५० हजार सहकारीमा राखेको पनि खुल्न आएको उहाँले जानकारी दिनुभएको छ ।