११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन धादिङमा हुने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधरणसभा आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको धादिङवेशीमा हुने जानकारी गराएका हुन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको बताए । कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको उनले बताए । सबै फूलहरुलाई फूलाउँछु भनेर बार लगाएपनि त्यस्तो सम्भव नभएको उनले बताए । तत्कालीन समयमा कोभिडको समयमा कलाकारलाई रोग र भोकबाट बचाउन आफूहरु लागिपरेको उनले स्मरण गराए । उनले आफूले पाएको समय भरपूर सदूपयोग गर्ने कोशिस गरेको बताए ।

अध्यक्ष बिजीले आफूले कतिपय काम प्रचारमा ल्याउन नचाहेर केही काम गर्न नसकेको भन्ने आरोप आफूलाई लाग्ने गरेको पनि बताए । आफूले प्रतिष्ठानको जिम्मेवारीमा रहेर पाएको समयलाई भरपुर सदुपयोग र निष्पक्ष ढंगबाट कार्यसम्पादन गर्ने कोशिस गरेको उनले बताए ।
‘प्रतिष्ठानकोे अध्यक्षका हैसियतले इमानदारिताका साथ म आफ्नो कार्यकालको उत्तरार्धमा आइपुगेको छु । यो कार्यकाल सफल गर्नकालागि मलाई पूर्व अध्यक्षज्यूहरुको विश्वास, सहयोग र साथले मलाई बढी हौसला दियो,’ बिजीले भने ।

कोभिडको बेलामा प्रतिष्ठानलाई देश विदेशबाट प्राप्त भएको सहयोगका लागि पनि बिजीले विशेष धन्यवाद दिए । यसपटकको महाधिवेशनको जिम्मा लिएर महाधिवेशनस्थलको रुपमा धादिङ जिल्लालाई छानेको उनले बताए । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उनले स्पष्ट पारे ।

कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य अमृत अधिकारी र राजकुमार रायमाझीलाई दिइएको उनले बताए । साथै, जिम्मेवारी पाएका व्यक्तिहरुले गरेको निमन्त्रणा स्विकारेर कार्यक्रममा उपस्थित भइदिन पनि उनले सबैलाई आग्रह गरे ।

आठौं महाधिवेशनमा चर्चित गायक पशुपति शर्माले पनि चाहना राखेको बताइएको छ । आफूहरुले सर्वसम्मतबाट नेतृत्वको चयन गर्न खोजिरहेको र सर्वसम्मत् नेतृत्व चयन हुँदैगर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष रीता थापालाई प्रतिष्ठानले अघि सार्ने अध्यक्ष बिजीले बताए । सकेसम्म सबै पदाधिकारीको नेतृत्व चयनमा सर्वसम्मत प्रकृया अवलम्बन गरिने उनले बताए ।

अध्यक्षमा आफू दोहोरिने कुनै मनशाय नभएको उनले बताए । आठौं महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको उपस्थिति रहने बताइएको छ ।महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी, चन्द्र शर्मा, निवर्तमान अध्यक्ष एवं चर्चित गायक बद्री पंगेनी, बागमती प्रदेशका अध्यक्ष बासु सिम्खडा, प्रतिष्ठानका अन्य पदाधिकारीहरु अमृत अधिकारी, रीता थापा, राजकुमार रायमाझी, प्रकाश बराइलीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव सुवास केसीले गरेका थिए ।