१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक



अ+ अ-

काठमाडौं । पाकिस्तानी दुतावासको आयोजनामा हुने आठौं संस्करणको नेपाल–पाकिस्तान मैत्रिपूर्ण ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सोमवार सार्वजनिक गरिएको छ ।

पाकिस्तानी दुतावासमा आयोजित एक कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रमपछि बोल्दै नेपाली टोली पूर्वकप्तान पारस खड्काले प्रतियोगिताबाट नेपाली युवा प्रतिभावन खेलाडीले मौका पाउने गरेको बताउनु भयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावमा युवा खेलाडीले खेल्ने गरेपनि दुतावासले आयोजना गर्दै आएको प्रतियोगिताले युवा खेलाडीलाई मौका दिने गरेको बताउनु भयो । खड्काले पाकिस्तानी दुतावासमा रहेको मैदान नेपालमा भएको मैदान मध्येको सेवा सुविधा सम्पन्न मैदान भएको र दुवै देशका सरकारबाट दुतावसमा अवस्थित मैदानलाई पूर्ण रुपको मैदानको रुपमा प्रयोग गर्ने मिल्नेगरी उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतियोगितामा कुल १२ टोलीले प्रतिष्पर्धा गर्नेछन् । नेपालमा रहेका उदीयमान खेलाडीको हौसला प्रदान गर्नका लागि आयोजना गर्दै आएको छ । प्रतियोगिताको ट्रफी नेपालको तर्फबाट पूर्व कप्तान पारस खड्का र द्ुतावासका उपराजदुत उमर अलिले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । प्रतियोगिता १० मार्चदेखि १८ मार्चसम्म आयोजना हुँदैछ ।

दुतावासले सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरी खेलाउनेछ । चार समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् र सेमिफाइनलमा विजयी टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।