२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले रु ४५ लाख जरिवाना ठहर भएपछि फरार रहेका फिल्म निर्देशक एवं निर्माता शिशिर राणालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख जरिवना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय जबरालाई आज पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलापछि १० दिन कैद र बिगो बमोजिम रु ४५ लाख जरिवनापछि फरार रहेका जबरालाई आज काठमाडौँको बिजुली बजारबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका उनले आफ्नो नविल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बंैकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको  प्रवक्ता महतोले बताउनुभयो ।