२९ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन”
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा फिल्म निर्देशक एवं निर्माता शिशिर राणा पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले रु ४५ लाख जरिवाना ठहर भएपछि फरार रहेका फिल्म निर्देशक एवं निर्माता शिशिर राणालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख जरिवना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–१ कुपण्डोलका ५० वर्षीय जबरालाई आज पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २६ को फैसलापछि १० दिन कैद र बिगो बमोजिम रु ४५ लाख जरिवनापछि फरार रहेका जबरालाई आज काठमाडौँको बिजुली बजारबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका उनले आफ्नो नविल बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बंैकिङ कसूर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । 

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको  प्रवक्ता महतोले बताउनुभयो ।