काठमाडौँ । प्रहरीले विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
यसअघि प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द राम पक्राउ परेका थिए । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको हो ।
यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको छ ।
प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र भेटिएको थियो । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।