२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान हुदैँन’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनले अहिलेकै अवस्थामा निगमलाई कम्पनी मोडलमा लैजान नहुने स्पष्ट पारेको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् । निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगम भित्रका अगुवा कर्मचारी सङ्गठनले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् । उनीहरुले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा गत शुक्रबारदेखि तालाबन्दी गरेर सङ्घर्षमा उत्रिएका छन् ।

निगमभित्र देखिएको समस्याबारे जिज्ञासा राख्दा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले कर्मचारीको भविष्य र निगमको अस्तित्वको पक्षमा आम कर्मचारी र व्यवस्थापनको चासो रहेकाले वार्ताबाटै सकारात्मक निष्कर्षमा पुगिने बताउनुभयो । उहाँले भन्नुभयो, “निगमलाई अहिले नै कम्पनी मोडलमा लगिनुहुन्न । यो कर्मचारीको भविष्यसँग जोडिएको विषय भएकाले व्यवस्थापनले पनि कम्पनी मोडलमा जाने सोच लिनु उचित हुँदैन सकारात्मक वार्ताबाट समाधान खोजिनुपर्छ । त्यसैले आन्दोलनलाई स्थगित गरेर वार्ताबाटै समस्याको समाधान खोज्नुपर्छ ।”

सार्वजनिक संस्थानको महत्व एवं यसका विकल्प हुँदैन । विकल्प भने सार्वजनिक संस्थानकै हुने भन्दै निगमले विकसित मुलुकमा पनि यही अभ्यास र प्रणाली रहेको स्पष्ट पारेको छ । विकसित मुलुकमा अहिले पनि सार्वजनिक संस्थान मूल्य अभिवृद्धिको ४० प्रतिशत रोजगारीको १० प्रतिशत र बजार पुँजीकरणको हिसावले ५० प्रतिशतसम्म योगदानको क्षेत्र ओगटेका छन् । विश्वमा रहेका ठूला ठूला उद्योगहरुमध्ये चीन, दक्षिण कोरिया र जापानको गरी २०४ वटा संस्थान रहेको बताइन्छ । यसै सन्दर्भमा सार्वजनिक संस्थानको महत्व सर्वोत्कृष्ठ मानिन्छ । नेपाल वायुसेवा निगम पनि एक सार्वजनिक संस्था र राष्ट्रिय ध्वाजाबाहक हो । विभिन्न समयमा निगमलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नका लागि विभिन्न विकल्पहरुको अध्ययन तथा चर्चा परिचर्चाहरु भइनै रहन्छन् । सोही सन्दर्भमा निगममा अहिलेको बहस असान्दर्भिक नभएको पनि निगमले उल्लेख गरेको छ ।

सरकारले बजेटमार्फत निगमको सङ्गठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धता बमोजिम विभिन्न विकल्पको अध्ययन गर्नेक्रममा कम्पनी मोडलमा सञ्चालन गर्नेबारे आवश्यक तयारी स्वरुप विभिन्न विकल्पमा छलफको प्रक्रिया मात्रै अघि बढेको र कर्मचारीको सहमतिमा आगामी कदम चालिने निगमले जनाएको छ । निगमका अनुसार बजेटमा व्यवस्था भए बमोजिम सङ्गठन सुधारका विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने अवस्थामा प्रयोग हुने प्रबन्धपत्र नियमावलीको ढाँचा तयार गरी असार १५ गते भित्र पेश गर्नु भने अनुसार सञ्चालक समितिले एक उपसमिति बनाइ उक्त उपसमितिले तयार गरेको रणनैतिक साझेदारसहितको ढाँचा हुबहु मन्त्रालयमा पेश गरिएको छ ।

निगमका महाप्रबन्धक पौडेलले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ, “यो कुनै कम्पनी मोडलमा लैजाने निर्णय पनि होइन र यो निगम निजीकरण गर्ने निर्णय पनि होइन । सञ्चालक समितिले पनि कुनै निर्णय गरेको छैन । समितिका निर्णय जहिले पनि नेपाल सरकारको निर्णयको अधिनस्त हुने हुनाले सरकारको निर्णय नै निगमको लागि सर्वमान्य हुन्छन् ।” 

धेरै विकल्पमध्ये कम्पनी मोडल संसारमा अहिलेसम्मको प्रचलित मोडल भएको तर, अहिलेको जस्तो न्यून पुँजी र अत्याधिक कर्जा लिएर कुनै पनि हातलमा कम्पनी मोडलमा जानुहँुदैन भन्ने निगमको स्पष्ट धारणा रहेको उहाँले बताउनुभएको छ । “पहिला कर्जा तिर्नुपर्छ, सम्पत्ति थप गर्नुपर्छ, प्रयाप्त शेयर पुँजी बनाउनुपर्छ, रणनैतिक योजना बनाउनुपर्छ अनि मात्र कम्पनी मोडलमा जानुपर्छ । नेपाली श्रम सीप र योग्यताको विकासका लागि शुरुका केही वर्षमा विदेशी ख्याति प्राप्त वायुसेवा कम्पनीसँग रणनैतिक साझेदारी गरिनुपर्छ”, उहाँले भन्नुभएको छ । सिबी अधिकारी/रासस