• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

राष्ट्रपतिबारे छलफल गर्न समाजवादीका नेताहरु बैठकमा



file photo

काठमाडौँ । प्रतिपक्ष गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । भावी राष्ट्रपतिबारे पार्टीको धारणा तय गर्न समाजवादीका नेताहरु छलफलमा बसेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा अहिले जारी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव विजय पौडेल, गंगालाल तुलाधरलगायतका नेताहरु सहभागी छन् ।

प्रचण्डले पार्टीमा छलफल गरेर राष्ट्रपतिबारे निर्णय गर्ने बताएका छन् । फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

नेपाली काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहँदा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

प्रतिनिधिसभामा १० सिट रहेको समाजवादीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।