२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।”

उहाँले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउनुभयो । “सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताउनुभयो । शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ थियो ।