२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सरिक



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सरिक हुनुभयो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा प्रादेशिक, जातीय र भूगोलको पहिचान दिने धार्मिक, सांस्कृतिक र परम्परागत गीतसङ्गीत र नृत्य प्रस्तुत गरियो । सांस्कृतिक कार्यक्रममा नेपालको प्रख्यात झिझिया, तामाङसेलो, कौरा, झ्याउरे, हुड्के, सोरठीका साथै किसान नाच समावेश गरिएको थियो ।

मुलुकको सबैभन्दा पुरानो गैरराजनीतिक सङ्गठनका रूपमा रहेको सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न विधाका उच्च पदस्थ अधिकृत तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभयो ।

कार्यक्रममा नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका चार पूर्वप्रमुखसमेत सहभागी हुनुहुन्थ्यो ।रासस