१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्कराचार्य निश्चलानन्द सरस्वतीको नागरिक अभिनन्दन



अ+ अ-

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणमा काठमाडौँ आउनुभएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीको आज नागरिक अभिनन्दन गरिएको छ ।

पूर्वीय दर्शन एवं वैदिक गणितका ज्ञाता शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई आज कोषका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले अभिनन्नदन पत्र हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा शङ्कराचार्य निश्चलानन्द सरस्वतीले कोषले प्रकाशन गरेको लिङ्ग पुराणको नेपाली अनुवादको पनि लोकार्पण गर्नुभयो । पुराण पशुपतिनाथको पश्चिम मूलढोकास्थित कोषको बिक्री कक्षबाट बिक्री वितरण हुने जनाइएको छ ।

कार्र्यक्रमलाई सम्बोधन गर्नुहुँदै शङ्कराचार्य सरस्वतीले वैदिक सनातन धर्मको रक्षाका लागि आफू नेपाल आएको बताउनुभयो । मानिस भौतिकतामा मात्र रुमलिँदा दुःखी भएकाले आध्यात्मिक साधना एवं अभ्यास गरेर खुसी हुन सक्ने बाटोको पनि अवलम्बन गर्न उहाँले भक्तजनलाई सुझाव दिनुभयो । फागुन ४ गते नेपाल आउनुभएका उहाँ सोमबार काठमाडौँबाट बनारस जानुहुने शङ्कराचार्य मठले जनाएको छ ।

उहाँले आज बेलुकी नेपाल भारत मैत्री पशुपति धर्मशालामा भक्तजनको जिज्ञासाको जवाफ दिनुहने कार्यक्रम रहेको मठले जनाएको छ । उहाँले फागुन ५ गतेदेखि नै बेलुकी भक्तजनका जिज्ञासाको जवाफ दिँदै आउनुभएको छ । रासस