• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति म्याद एक वर्ष थप्ने सरकारको निर्णय ★   मूलपानी क्रिकेट रंगशालाको डिपीआर प्रस्तुती ★   क्रिकेट बलले गुप्तांगमा लागेर ११ वर्षीय बालकको निधन ★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’



काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ुहाम्रो पेु थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुपर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्नेछन् ।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रुपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सीईओ शंकर उप्रेतीले बताए । “हामी हाम्रोपात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यतिधेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,” उनले भने, “त्यसै अन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पुर्याउने हाम्रो विश्वास छ ।”

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने ९स्प्लिट एन्ड पे०, साथीसँग पैसा सापटी माग्ने, ुलाइभ च्याट सपोर्टु लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिन्छ । नेपाल पेको क्यूआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ ।

अङ्ग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली रहेका छन् । हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए । “हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,” उनले भने, “एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु ।”