एजेन्सी । एउटी दुलहीले विवाहको लुगा लगाएर 'मार्शल आर्ट' को कौशल प्रदर्शन गरेकी छिन् ।
भारतको तमिलनाडुको तूतीकोरिनमा निशाले आफ्नो बिहे सम्पन्न भए लगत्तै बेहुलीको भेषमा परम्परागत मार्शल आर्ट ‘सिलमबम’ गरेर देखाएकी हुन् ।
महिलाहरू आत्मरक्षामा सक्षम हुन सकून् भन्ने निशा चाहन्छिन्। निशाले यसरी मार्शल आर्ट प्रदर्शन गरेकी भएर धेरैले उनको तारिफ गरेका छन्।