२८ चैत्र २०८१, बिहीबार
April 10, 2025 Thursday

15.87°C

काठमाडौं

15.87°C

Kathmandu

Feels-like: 15.37

Wind: 1.25

Humidity: 71

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अखिल महाधिवेशनः उत्पीडित क्लस्टरबाट स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाको उम्मेदवारी



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाले उम्मेदवारी दिएका छन् ।

यसअघि बझाङबाट प्रतिनिधित्व गर्दै केन्द्रिय कमिटी सदस्य भइसकेका ओखेडाले उत्पीडित क्लस्टरबाट स्थायी कमिटी सदस्यमा उम्मेदवारी दिएका हुन् । ओखेडासहित स्थायी कमिटिमा उम्मेदवारी दिएका ओखेडाले जित्ने सम्भावना बलियो रहेको छ ।

चुनाव केवल औपचारिकता मात्रै हो, मेरो जित सुनिश्चित छ ओखेडाले भने– म जित्नेमा ढुक्क छु । आफूले उठाएका एजेन्डा र विगतमा केन्द्रिय सदस्य हुँदा दिएको योगदानको देशैभरबाट आएका प्रतिनिधिहरुले उचित मुल्यांकन गर्ने भन्दै ओखेडाले आफूले जित्ने दावी गरे ।

उनले आगडि थपे– हाम्रो अध्यक्ष केपी शर्मा ओली ज्युको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ । हमी निर्वाचित भएपछि ओलीकै अभियानलाई सघाउने हो । त्यसैले मेरो जित नै समग्र संगठन र विद्यार्थीको जित हो ।

जारी महाधिवेशनमा सहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने अन्तिम प्रयास भए पनि त्यो सफल नभएको उनले बताए । तर निर्वाचनले अनेरास्ववियुलाई अझै सुदृढ र गतिशिल बनाउन सघाउने हुँदा निर्वाचन नै लोकतन्त्रको सुन्दरता भएको बताए ।

२०६५ देखि राजनितिमा सक्रिय ओखेडा उपेक्षित उत्पीडित वर्ग विकास समितिको बझाङको उपाध्यक्ष, बुंगल नगर कमितिको अध्यक्ष हुँदै अनेरास्ववियुको राजनितिमा होमिएका व्यक्ति हुन ।

साथै ओखेडाकै नेतृत्वमा बझाङमै बुंगल पम्मा कम्युनिटि हस्पिटलको निर्माण, बिसिए कप क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै खेलकुद क्षेत्रलाई महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । त्यस्तै कोरोनाकालमा कोरोना हस्पिटल बझाङ निर्माण गरेका थिए भने अनेरास्ववियुको आयोजना र ओखेडाकै नेतृत्वमा एसईइका विद्यार्थीहरुलाई निशुल्क तयारी कक्षाहरु संचालन गरिरहेका छन् ।

विगतमा विकृति बिसंगति विरुद्ध भएका विभिन्न आन्दोलनमा ओखेडा पटकपटक घाइते समेत भएका थिए ।